
काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोदीलाई फोन गरेर शुभकामना दिएका छन् । यस क्रममा उनीहरुबीच रुस–युक्रेन युद्धको बारेमा पनि छलफल भएको छ ।
ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । उनले राम्रो काम गरिरहेका छन् । नरेन्द्रः रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको समर्थनको लागि धन्यवाद !’
यसैबीच, मोदीले पनि सामाजिक सञ्जालमा लेख्द ट्रम्पसँग कुराकानी भएको पुष्टि गरे ।
मोदीले एक्स (ट्वीटर)मा लेखेका छन्, ‘मेरो साथी राष्ट्रपति ट्रम्प, तपाईंको फोन र मेरो ७५औं जन्मदिनमा शुभकामना दिनुभएकोमा धन्यवाद । म भारत–अमेरिका सामाजिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध छु ।’









प्रतिक्रिया