
काठमाडौं, ३१ भदौ । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ ।
केहीदिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।
सहयोग सामग्री सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । श्रेष्ठले यस प्रकारका सहयोगले कार्यालय सञ्चालन गर्न केही सहज बन्दै गएको भए पनि क्षति ठूलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताए ।
साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।









प्रतिक्रिया