
काठमाडौं, ३१ भदौ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले देश रोएको बेलामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह भने हाँस्दै बसेको टिप्पणी गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले पछिल्लो घटनाक्रमले देशले के कति गुमायो त्यो थाहा छ ? भन्दै बालेनलाई प्रश्न समेत गरे ।
‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !’ साम्पाङले फेसबुकमा लेखेका छन् ।
मंगलबारै बालेनले सामाजिक सञ्जालमार्फत साम्पाङलाई भनेका थिए, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।’









प्रतिक्रिया