९ असार २०८३, मंगलबार

सेनाले संरक्षणमा राखेकाहरूको अवस्थाबारे मानव अधिकार आयोगले राख्यो चासो

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ३१ भदौ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे छलफल भएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए ।

छलफलका क्रममा देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको पनि उनले बताए ।

जेनजी प्रदर्शन र त्यसपछिको बदलिँदो राजनीतिक परिस्थितिमा आयोगले सक्रियताका साथ मानव अधिकारको अवस्थाको अनुगमन गरिरहेको बताएको छ ।

आयोगले नेपाली सेनाको संरक्षणमा रहेकाहरूसँग सम्पर्कमा रही उनीहरुको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिइरहेको पनि उसले जनाएको छ ।

साथै, आयोगले जेनजी प्रतिनिधिहरू, मृतकका परिवार, घटनाका घाइते, घटनाका अन्य प्रभावितहरू तथा बालबालिकाहरुसँग निरन्तर भेटघाट गरिरहेको मंगलबार विज्ञप्तिमार्फत जनाइएको छ ।