८ असार २०८३, सोमबार

हर्क साम्पाङलाई बालेनको जवाफ- तिमीले गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई जवाफ फर्काएका छन् ।

प्रधानमन्त्री नभए मन्त्री बन्ने भन्दै काठमाडौं आएका मेयर साम्पाङ रित्तै हात फर्कनु परेपछि सामाजिक सञ्जालमार्फत बालनेप्रति आक्रोश पोखेका थिए ।

बालेनले उनलाई सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन् । उनले आफूले साम्पाङलाई सधैँ माया गर्ने उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।