६ असार २०८३, शनिबार

चितवन कारागारबाट फरार कैदी बर्दियाबाट पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बढैयाताल, ३१ भदौ । चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ ।

जेनजी आन्दोलनपछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा आई लुकिछिपि बसेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिए ।

आफ्नै छोरीलाई जवरजस्ती करणी आरोपमा बर्दिया जिल्ला अदालतबाट २१ वर्ष कैद सजाय तोकिएको थियो । हालसम्म उनले ८ वर्ष कैद भुक्तान गरेको देखिन्छ । उनलाई आवश्यक कारबाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ ।