
काठमाडौं, ३१ भदौ । धरानका मेयर तथा चर्चित नेता हर्क साम्पाङले आफूलाई पदलोभी भनेर आरोप लगाउनेहरूलाई प्रतिवाद गरेका छन् ।
उनले भने, “देश दन्दनी जलिरहेको बेला सबै डराएर घरभित्र लुकेको समयमा म ५०० किलोमिटर टाढाबाट पुगेर देशको जिम्मा लिन खोजेको हुँ । खानेपानी र श्रम तथा रोजगार दुई मन्त्रालय दिँदा पनि लोभ देखाएर नलिएको मान्छे हुँ म ।”
साम्पाङले विशेषत: प्रधानमन्त्री बन्न भारतीय दूतावास जानुपर्ने सुझावप्रति असहमति जनाउँदै आफू त्यसबेला हच्किएको स्मरण गरे । “मलाई ‘भारतीय दूतावास जानुपर्छ’ भनियो, तर म हच्किएँ ।” उनले भने।
आफूलाई श्रम तथा खानेपानी दुई वटा मन्त्रालय हेर्ने गरी मन्त्रीको अफर आएको तर आफूले अस्वीकार गरेको उनको दाबी छ ।








प्रतिक्रिया