
काठमाडौं, ३० भदौ । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लामा फोरजी सेवा विस्तार गरेको छ ।
टेलिकमले भदौ २५ गतेबाट सर्केगाड गाउँपालिका–१ मा टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो । सेवाबाट सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ का जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि र लुमका बासिन्दाहरू लाभान्वित भएका छन् ।
त्यसैगरी, भदौ २७ गतेबाट हुम्लाको चंखेली गाउँपालिका–६ मा पनि टुजी र फोरजी सेवा सुरु भएको छ । सेवा सञ्चालनमा आएपश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिकाअन्तर्गतका भू–भागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय फोरजी सेवाबाट लाभान्वित भएका छन् ।
नेपाल टेलिकमले सदैव दूरदराजका क्षेत्रहरूमा दूरसञ्चार सेवा पुर्याउनलाई उच्च प्राथमिकतामा राख्दै आएको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया