१६ असार २०८३, मंगलबार

सन्दुक रुइतले भने– आफ्नै कर्मबाट नेपाल र नेपालीको हितमा योगदान दिइरहने छु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् । आज मन्त्रिपरिषद विस्तार भएको दिन विज्ञप्ति निकालेर डा. रुइतले सो कुरा बताएका हन् ।

हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि आफूलाई अनुरोध आउने गरेको बताउँदै डा. रुइतले भनेका छन्, ‘म प्रष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पु¥याउनु हो ।’

आफ्नो साधना नै अन्धोपन निवारण भएको भन्दै उनले भनेका छन्, ‘सबै आफ्नो पेशा, कर्म र व्यवसायमा इमान्दारीपूर्वक लागेमा यो देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन । म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु ।’