
काठमाडौं, २९ भदौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसको प्रभावले मधेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यस्तै, महाशाखाका अनुसार आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।









प्रतिक्रिया