
काठमाडौं, २८ भदौ । नेकपा (एमाले) निकट अनेरास्ववियुले आज काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा रक्तदान कार्यक्रम गरेको छ ।
जेनजीको हिंसात्मक आन्दोलनमा घाइते भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गएिको अनेरास्वविुका महासचिव दीपक धामीले जानकारी दिए । उनले आन्दोलनका क्रममा धेरै घाइते भएकाले र अस्पतालमा रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रम गरिएको बताए ।
क्याम्पसमा भएका रक्तदान कार्यक्रममा उपाध्यक्ष अन्जना सिवाकोटी, महासचिव धामी लगायत पदाधिकारीले रक्तदान गरेका थिए ।
कार्यक्रममा करिब सय जनाले रक्तदान गरेक थिए ।









प्रतिक्रिया