१० असार २०८३, बुधबार

भाटभटेनीबाट आइसक्रिम चोर्ने शिक्षक निस्कासित

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २८ भदौ । जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले यहाँ अध्यापन गराउने शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ । शुक्रबार मात्रै उनी संलग्न भएको फोटा सार्वजनिक भएको थियो ।

विद्यालयका प्राचार्य दिनेश थापाले भदौ २४ गते जेनजीको प्रदर्शनमा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुनेगरी हटाइएको जनाएका छन् ।