३१ जेष्ठ २०८३, आइतबार

माओवादी केन्द्रले भन्यो– संसद् विघटनप्रति गम्भीर असहमति छ

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रले संसद् विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ ।

पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक भर्चुुअल बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णयप्रति पार्टीको गम्भीर असहमति रहेको छ ।