
काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनीष झाले पार्टी सभापति रवि लामिछाने कारागार फर्किन तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै झाले यसबारे जानकारी दिएका हुन् ।
‘रवि लामिछाने कारागार फर्किन तयार हुनुहुन्छ । आज अपरान्ह कार्यवाहक सभापति ज्यू, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुख बिच भेटघाट भएको छ र ‘प्रशासनले खबर गरे पश्चात आउन तयार’ भनेर जानकारी गराइएको छ ।’ झाले फेसबुकमा लेखेका छन् ।
लामिछानेलाई मंगलबार प्रदर्शनकारीहरूले नख्खु कारागारबाट रिहा गरेका थिए । लामिछाने सहकारी बचत अपचलन मुद्दामा नख्खु कारागारमा थिए ।








प्रतिक्रिया