४ असार २०८३, बिहिबार

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाको पशुपतिमा अन्त्येष्टि

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् ।

गत सोमबार र मंगलबार भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।