१८ असार २०८३, बिहिबार

जेनजीको फेरि अर्को विज्ञप्ति : सुशीला होइन, कुलमानलाई पठाउने

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । जेनजी समूहले फेरि अर्को एक विज्ञप्ति सार्वजनिक गरेको छ । विज्ञप्तिमा सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको उल्लेख छ । जेनजीको फरक–फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको हो ।

‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

बालेन साहले रुची नदेखाएको र हर्क साम्पाङले सबैको नेतृत्व गर्न नसक्ने भएकाले आफूहरुले कुलमान घिसिङलाई अघि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बालेन्द्र साहले रुची नदेखाउनुभएको, हर्क साम्पाङले सबैलाई नेतृत्व गर्न सक्ने सम्भावना कम भएको र सुशीला कार्की अयोग्य तथा ७० वर्ष उमेर माथिको हुनुभएकोले नेपाललाई लोडसेडिङबाट मुक्त गराउने, देशभक्ति व्यक्ति, सबैले रुचाएको इन्जिनियर कुलमान घिसिङलाई अन्तरिम सरकारको नेतृत्वमा पठाउने निर्णय भएको छ ।’ यसअघि जेनजीको अर्को समूहले भने सुशीला कार्कीमा सहमति भएको बताएको थियो ।

कार्कीले भने आफू नेतृत्व लिन तयार रहेको बताइरहेकी छन् । सैनिक मुख्यालयमा कार्की आफैं उपस्थित भएर छलफल गरिरहेको बुझिएको छ ।