
काठमाडौं, २६ भदौ । नयाँ सरकार गठनका लागि नेपाली सेनाले समन्वय गरिरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेको चर्चा छ ।
जिम्मेवारी नलिँदै पूर्वप्रधानन्यायाधीश कार्कीले एक भारतीय सञ्चारमाध्यमलाई इन्टरभ्यू दिँदै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेर प्रशंसा गरेकी छन् । अन्तर्वार्ताका क्रममा कार्कीले भारतीय प्रधानमन्त्री मोदीको तारिफ गर्दै आफूप्रति धेरै राम्रो प्रभाव रहेको उल्लेख गरिन् ।
‘म भारतलाई धेरै सम्मान र माया गर्छु । मोदीजीको कार्यशैलीबाट म प्रभावित छु ।’ कार्कीले भनेकी छन्, ‘भारतले नेपाललाई धेरै सहयोग गरेको छ । अहिले अवस्था कठिन छ । हामी नेपालको विकासको लागि काम गर्नेछौँ । हामी देशको लागि नयाँ सुरुवात गर्नेछौँ ।’ कार्कीले आफू नयाँ जिम्मेवारीको लागि तयार रहेको पनि बताइन् ।
देशमा हालै भएको आन्दोलनको नेतृत्व गरिरहेको जेनजी समूहले छोटो अवधिको लागि भए पनि आफूलाई सरकारको नेतृत्व गर्न विश्वास गरेको कार्कीको भनाइ छ ।








प्रतिक्रिया