२९ आश्विन २०८३, बिहिबार

राष्ट्र बैंकले बैंकहरूलाई भन्यो– सीमित कर्मचारीबाट संवेदनशील प्रणाली सञ्चालन गर्नू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ भदौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निश्चित कर्मचारी राखेर सेवा सुचारु गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार विज्ञप्ति जारी गरी सीमित कार्य गर्न भनेको हो ।

“बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न आग्रह छ,” राष्ट्र बैंकले भनेको छ ।

अन्य प्रणालीको हकमा जोखिमको आधारमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह गरेको छ । सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।