१० असार २०८३, बुधबार

रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु, १३ जना घाइते

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २६ भदौ । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

बिहीबार बिहान कारागारबाट कैदीबन्दीहरु भाग्न प्रयास गरेपछि स्थिति नियन्त्रण लिन गोली प्रहार गरिएको हो ।

कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा ३ जना कैदीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ ।

हाल कारागारमा ३३४ जना कैदीबन्दीहरु छन् ।

कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।