
काठमाडौं, २६ भदौ । गभर्नर डा. विश्व पौडेलले आफ्नो वृद्ध बाआमा बसेको चितवनको घरमा गरिएको तोडफोडप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै गभर्नर पौडेलले आफ्नो रिस भैँसेपाटीको घर जलाएर नपुगी वृद्ध बाआमा बसेको चितवनको घरमा पोख्ने साथीहरुको फलोस् फुलोस भनेका हुन् ।
गभर्नर पौडेलले जिन्दगीमा कसैसँग एक रुपैयाँ नमागेको बताउँदै आफू चितवनमा सधै कक्षामा फस्ट भएको र गाउँको केही सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक रहेको, आफू नेपालमै बस्नेगरी आएपछि केयुमा प्राध्यापक भएको लेखेका छन् ।
गभर्नर पौडेलले फेसबुकमा लेखेका छन्ः
यस भिडियोमा शुरुमा ढुंगा हानेको कोठा मेरो कान कम सुन्ने र ८२ वर्षिय बुढि आमाको सुत्ने कोठा हो। वहाँ भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको पनि हो।
यो मेरो गाउँको घर हो। गभर्नर भएपछि पनि हरेक हफ्ता म एक छाक भएपनि बाआमासँग खाना खान पुग्ने गर्थे। बा ले लगभग १५ वर्ष अघि म बिद्यार्थि छँदानै बनाएको घर हो।
अहिले मेरो बा पनि ८७ वर्षको हुनुभयो।केहि अघि रक्ताल्पता भैराखेर बाँच्नुहुन्नकि जस्तो भएकोमा अहिले सन्चो हुदैथियो। ६७ वर्ष अघि चितवन झर्नुभएका बा का सबै सन्तान यहि जन्मेका हुन।
जिन्दगिमा मैले कसैसँग एक रुपैया मागेको छैन, दिएको मात्र हुँला, चितवनमा सधै कक्षामा फस्ट हुन्थे। गाउँको केहि सुबिधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ भने म नेपालमै बस्ने गरि आएपछि केयुमा प्राध्यापक भएँ। बा आमा दुबै साधारण लेखपढ गर्न जान्ने हुनुहुन्छ।
मेरो रिस मेरो भैसेपटिको घर जलाएर नपुगि मेरा वृद्ध बा आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस् फुलोस।








प्रतिक्रिया