७ असार २०८३, आइतबार

जेलबाट निस्किन मानेनन् दीपक मनाङे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । डिल्लीबजार कारागारमा रहेका दीपक मनाङे हुलदंगा हुँदा अन्य कैदी बाहिर निस्के पनि उनी भने जेलमै बसेका छन्। मनाङेले अन्य कैदीलाई बाहिर जान भने पनि आफू सुरक्षित रुपमा भित्रै बस्ने निर्णय गरेका हुन्।

आगोलागी भएपछि बाहिर निस्केका कैदीहरूले आफूहरू भाग्नका लागि नभई ज्यान बचाउन निस्किएको बताएका छन्। उनीहरू मध्ये केही नेपाली सेनाको नियन्त्रणमा परेका छन्।

मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्च अदालतको फैसला अनुसार डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्। यसअघि उनी गण्डकी प्रदेशसभा सदस्य र पटक–पटक मन्त्री समेत बनेका थिए।