२१ असार २०८३, आइतबार

नेपालको अवस्था तीव्र गतिमा बिग्रँदै छ, सीमामा निगरानी बढाउनू : योगी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । नेपालसँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालसँगको सीमामा निगरानी बढाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपालको अवस्था तीव्र गतिमा बिग्रँदै गइरहेको र जेनजी आन्दोलनकारीहरूको विरोधले हिंसात्मक रूप लिएको भन्दै उनले सीमामा २४ घण्टा निगरानी बढाउन निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नेपालको अस्थिरताको प्रभाव विशेष गरी उत्तर प्रदेशका सीमावर्ती जिल्लाहरूमा महसुस भइरहेको मुख्यमन्त्री योगीको टिप्पणी छ । उनले नेपालसँग सीमा जोडिएका बहराइच, श्रावस्ती, लखिमपुर र महाराजगञ्जमा उच्च सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।