
काठमाडौं, २४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा जारी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमबारे विस्तृत छलफल भएको बताएका हुन् ।
‘आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।’ मोदीले लेखेका छन् ।










प्रतिक्रिया