२ श्रावण २०८३, शनिबार

कानुनी शासन स्थापित गर्न सहयोग गर्न नेपाल प्रहरीको अनुरोध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्ने कार्यमा साथ सहयोग गर्न अनुरोध गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयद्वारा आज जारी प्रेस विज्ञप्तिमार्फत घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनःनिर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा जेनजीको प्रदर्शनका क्रममा भएको दुःखद् घटनामा प्रहरी र आम नेपाली दाजुभाइ, दिदी बहिनीहरु नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रहित र अपराध न्यूनिकरणका लागि जम्मेवारी बोधका साथ मुलुकप्रति समर्पित हुन अत्यन्त आवश्यक भएको समेत उल्लेख गरिएको छ ।

“प्रदर्शनका क्रममा भएको जनधनको क्षति अन्त्यन्तै अपूणीय एवं दुःखद् छ, त्यसबाट उत्पन्न परिणाम स्वरुप परिस्थितिलाई बिग्रन नदिन र नागरिक र प्रहरीका साझेदारीपूर्ण, शान्तिपूर्ण, सहकार्यका माध्यमले आन्दोलनका क्रममा भएका घाइतेहरुको उद्धार, उपचार, क्षतिको पुनःनिर्माण एवं कुनै पनि अपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनःस्थापनार्थ निर्वाह गर्नुपर्ने दायित्वमा एकाकार भई प्रहरीलाई सार्वजनिक शान्ति अमन चयन, अपराध नियन्त्रण र अनुसन्धान गरी कानुन कार्यान्वयनका माध्यमले कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ सहयोग प्रदान गर्नु हुन नेपाल प्रहरी सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।