१ असार २०८३, सोमबार

हिंसात्मक घटना रोक्न सेना परिचालन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । लुटपाट तथा आगजनी लगायतका हिंसात्मक घटना रोक्न नेपाली सेनाको नेतृत्वमा राति १० बजेदेखि सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित भएको छ ।

सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको भन्दै यस किसिमका गतिविधिहरू नगर्न/नगराउन आग्रह गरेको हो ।

सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस किसिमका गतिविधि रोक्न सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी निर्वाह गर्दै स्थिति नियन्त्रणमा राख्नेछन् । सम्पूर्ण नागरिकलाई संयमता अपनाई सहयोग गर्न हार्दिक अपिल गर्दछौँ ।”

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल समेत गर्दै तत्पश्चात, सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाएको छ ।