काठमाडौं, २४ भदौ । हालै देशभरि भएका घटनाबाट आफूहरू गहिरो मर्माहित भएको भन्दै एनसेलले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
आज विज्ञप्ति जारी गर्दै एनसेलले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको हो । एनसेलले सम्पत्ति र संरचनामाथि क्षति नगर्न पनि आग्रह गरेको छ ।
‘आवश्यक सेवा निरन्तरता सुनिश्चित गर्न सम्पत्ति र संरचनामाथि क्षति नपुर्याउन सहयोग गर्न सबैलाई अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै, मंगलबार आन्दोलनकारीले एनसेलको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गरेपछि कम्पनीले विज्ञप्ति जारी गर्दै दूरसञ्चार जस्तो अत्यावश्यक सेवामाथि क्षति पु¥याउँदा उपभोक्ता नै मर्कामा पर्ने बताएको हो ।
सञ्चार सेवामा सहज पहुँच कायम राख्ने उद्देश्यले एनसेलले आजदेखि दुई दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको छ।








प्रतिक्रिया