२ श्रावण २०८३, शनिबार

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २४ भदौ । जेनजी समूहले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घरमा तोडफोड गरेका छन् ।

ठूलो संख्याका प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरास्थित रहेको मुख्यमन्त्री बानियाँको घरमा तोडफोड गरेका हुन् । उनीहरुले आगजनीको प्रयास समेत गरिरहेका छन् ।

मुख्यमन्त्री बानियाँको घर नेपाली कांग्रेस बागमती प्रदेश समितिको कार्यालय समेत हो । यसअघि प्रदर्शनकारीहरूले हेटौंडा–५ मै रहेको नेकपा (एमाले) मकवानपुरको पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।