१७ असार २०८३, बुधबार

एभरेष्ट महिला भलिबल लिगमा आजको खेल‌ स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पोखरा, २४ भदौ । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) आजको लागि स्थगित भएको छ । देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै पोखरामा सञ्चालन भईरहेको इडब्लुभीका खेल स्थगित गर्ने निर्णय गरिएको आयोजकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जेन जी पुस्ताले आयोजना गरेको विरोध प्रदर्शनमा व्यापक दमनका कारण संघीय राजधानी सुरक्षा चुनौती थपिएको छ । भ्रष्टाचारविरुद्ध गरिएको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तिमा १९ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ। विरोध प्रदर्शन देशका विभिन्न सहरमा आज पनि जारी छ ।

खेल तालिका अनुसार आज पहिलो खेल कर्णाली यशविस र मधेश युनाइटेड तथा दोस्रो खेल ललितपुर क्विन्ट र पोखरा निन्जाजबीच खेल हुनुपर्ने थियो । ‘यो कठिन घडीमा हामी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

साविक विजेता कर्णाली र उपविजेताले लगातार ३ खेल जित्दै समान ९ अंक जोडेका छन् । ३ खेलबाट २ अंक जोडेको लुम्बिनी २ र १ अंक जोडेको पोखरा निन्जाज २ खेलअघि नै फाइनल होडबाट बाहिरिएका छन् । ३ अंक जोडेका मधेश र काठमाडौं स्पाइकर्सको फाइनल खेल्ने गणितीय संभावना बाँकी छ । दुवै टोलीले समान खेल्न बाँकी छ ।