२३ जेष्ठ २०८३, शनिबार

उपत्यकाको सुरक्षा व्यवस्था कडा, सुरक्षा निकायलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै, सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको जानकारी दिए ।

जिल्ला सुरक्षा समितिमार्फत समन्वयात्मक रूपमा सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई भनिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

जेनजी पुस्ताको सोमबार भएको प्रदर्शनमा झडप समेत थियो । उपत्यकाका तीनै जिल्ल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिसकिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले काठमाडौं लगायत देशका विभिन्न भागमा भएको घटना र मानवीय क्षतिप्रति दुःख व्यक्त गरे । उनले यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउन र शान्ति कायम गर्न आग्रह पनि गरेका छन् ।