
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन् ।
कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन् ।
‘रातभर सुत्न सकिनँ । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अवोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ । अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।












प्रतिक्रिया