२८ असार २०८३, आइतबार

जेनजी आन्दोलन : घाइतेको निःशुल्क उपचार गर्ने ग्राण्डी अस्पतालको घोषणा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ भदौ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जेनजी प्रदर्शनमा घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै अस्पतालले जेनजी युवाहरूको सडक आन्दोलनमा जीवन गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।

‘यस आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा गर्दछ ।’ ग्राण्डी अस्पतालले भनेको छ ।

अस्पतालले निःशुल्क उपचार र रगत व्यवस्थापनका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।