११ असार २०८३, बिहिबार

एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा १० प्रतिशतसम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २३ भदौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले बुटवलमा रहेको सिद्धबाबा हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले हस्पिटलमा भर्ना शुल्क, ओटी शुुल्क, ल्याब शुल्क, औषधि र फार्मेसी जस्ता सेवा लिँदा छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

हस्पिटलसँगको सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।