२४ जेष्ठ २०८३, आइतबार

शिवम् सिमेन्टको ‘नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ । जहाँ हाम्रो जीवनमा हुने एकएक सेकेण्ड समयको महत्वलाई दर्साउन दुई साथी बीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समयसँग जोडेर ‘समयको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश देखाइएको छ ।

यसअघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मूलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।

त्यैस्तै, दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ ।

सामाजिक सन्देश मूलक विज्ञापन दर्शकहरुमाभल अत्याधिक रुचाइएको थिए । शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ ।

‘नो कम्प्रमाइज भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पूरा गर्छ, उसको शिर सधै ठाडो हुन्छ’ भन्ने सन्देशमार्फत शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।

शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले सधै गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तोसुकै परिस्थितिमा पनि आफ्नो नो कम्प्रमाइजको बाचा पूरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’, ‘कर्तव्यको मामलामा नो कम्प्रमाइज’ जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल सिद्धिन्तलाई दर्शाउँछ । यसै प्रतिबद्धताको सम्मान स्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार ‘एनएसी क्वालिटी अवार्ड २०१९’ समेत प्राप्त गरिसकेको छ ।