१८ असार २०८३, बिहिबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

सङ्घीय संसद सचिवालयका अनुसार आजको बैठकमा विधायन व्यवस्थापन कार्यअन्तर्गत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।