
काठमाडौं, २३ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षासम्बन्धी एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि गएराति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बरसम्म हुने सम्मेलनका लागि मन्त्री दाहालसहितको प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा नेपालसहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्रतिनिधि, विकास साझेदार एवं विज्ञहरुको सहभागीता रहनेछ ।
मन्त्री दाहाल आगामी भदौ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया