
काठमाडौं, २२ भदौ । नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैं धमाका ‘बडा दशैं, बडा तयारी’ सुरु गरेको बताएको छ ।
यसवर्षको दशैं धमाका र दराजको वार्षिकोत्सव सँगसँगै परेको छ । यस कारण पनि दराज नेपालले यो वर्षको ९.९ दशैं धमाका ‘बडा दशैं, बडा तयारी’का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको कम्पनीले बताएको छ ।
भदौ २४ देखि असोज ७, २०८३ (सेप्टेम्बर ९–२३, २०२५)सम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५ प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र १ लाख रुपैयाँभन्दा बढीको खरिदमा १०,००० रुपैयाँसम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।
यस वर्षको दशैंलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री गु्रप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउसमार्फत ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ । गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४० प्रतिशतसम्म छुट उपलब्ध गराइने व्यवस्था मिलाइएको जानकारी दिइएको छ । यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५० प्रतिशतभन्दा बढी छुट उपलब्ध गराइनेछ । यसले उपभोक्तालाई दशैंको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ ।
दशैं धमाकाअन्तर्गत दराजले सातवटै प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । यसअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट (१,५०० रुपैयाँसम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत छुट (१,००० रुपैयाँसम्म) पाउनेछन् । यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा विकास बैंक रहेका छन् ।
अभियान अवधिभर उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहने कम्पनीले जनाएको छ । न्यूनतम ४९९ रुपैयाँको खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ ।
दराजको दशैं धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन । उपभोक्ताहरूलाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणालीसहित पृथक तथा अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराज प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया