१६ असार २०८३, मंगलबार

रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २२ भदौ । रुसले पहिलो पटक युक्रेनी सरकारी भवनमा आक्रमण गरेको छ । रातभरको रुसी क्रुज मिसाइल आक्रमणका कारण राजधानी किएभको एउटा मुख्य सरकारी भवनमा क्षति पुगेको बीबीसीले जनाएको छ ।

युक्रेनी वायुसेनाले रातभरको आक्रमणमा रुसले ८ सय ५ ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको बताएको छ । यीमध्ये ७ सय ५१ वटा हावामै खसालिएका वायुसेनाले दाबी गरेको छ । हवाई रक्षा केन्द्रित यस क्षेत्रमा रुसी क्षेप्यास्त्र र ड्रोनहरूले शहरको केन्द्रमा प्रहार गर्नु धेरै दुर्लभ हो ।

युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । यस्तै रुसी आक्रमणमा शहरका अन्य भागहरूमा धेरै बहुतले आवासीय भवनहरूमा आंशिक रूपमा क्षति पुगेको छ ।

यसैबीच रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा पनि आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले क्रिभी रिहमा तीन वटा पूर्वाधार सुविधामा आक्रमण गरेको हो ।

युद्धविराममा सहमति भएपछि युक्रेनमा शान्ति सेना पठाउनेविरुद्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूलाई चेतावनी दिँदै गर्दा यी आक्रमणहरू भएका हुन् ।