२ असार २०८३, मंगलबार

फिल्म ‘मितज्यू’मा अरुण अनुबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’मा अरुण पुन मगर अनुबन्ध भएका छन् । उनलाई निर्माण टिमले बिहीबार फिल्मका लागि अनुबन्ध गरेको हो । यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए ।

यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन् । अरुणको उपस्थितिले फिल्मलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ ।

यस फिल्ममा कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगर हुन् । यसअघि उनले ‘घरज्वाइँ’ जस्तो हिट फिल्म निर्माण गरेका थिए । निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो ।

फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जिएम मुभिज प्रोडक्सन प्रालि’को ब्यानरमा यो फिल्म निर्माण हुँदैछ ।

मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट छायांकन गरिने निर्माण पक्षको भनाई छ । यो फिल्म आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउनेछ । आर आर फिल्म्सले वितरण गर्ने फिल्मको निर्माण व्यवस्थापक धनबहादुर राई हुन् ।