३२ असार २०८३, बिहिबार

कंगारूलाई बचाउन खोज्दा अष्ट्रेलियामा दुई नेपाली नर्सले गुमाए ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदौ । अष्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको ज्यान गएको छ। मेलबर्नको उत्तरी क्षेत्र क्रेगीबर्न नजिक ह्युम हाइवेमा भएको दुर्घटनामा अलफ्रेड अस्पतालमा कार्यरत सरला र अरुजाको मृत्यु भएको हो।

साथीसँग जन्मदिन मनाएर घर फर्किँदै गर्दा उनीहरू सवार कार दुर्घटनामा परेको थियो। स्थानीय प्रहरीले जनाएअनुसार घाइते कंगारुलाई बचाउने क्रममा गाडी रोकेर उत्रिएका बेला पछाडिबाट तीव्र गतिमा आएको अर्को सवारीले ठक्कर दिएको थियो।

दुर्घटनास्थलमै एक नर्सको मृत्यु भएको र अर्कीको अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।