
काठमाडौं, २२ भदौ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
नेकपा (एमाले)को विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना चढेको गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै घटना विवादित बनेको हो ।
घाइते बालिकाको सम्पूर्ण उपचार खर्च एमालेले व्यहोर्ने घोषणा गरेको थियो ।
साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए ।








प्रतिक्रिया