
काठमाडौं, २१ भदौ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।
अब नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ । यो खेलमा स्पष्ट नतिजा नआए खेल पेनाल्टी सुटआउटमा जाने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।








प्रतिक्रिया