
काठमाडौं, २१ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् ।
आज सम्पन्न सेजनको २७औं साधारणसभा तथा अधिवेशनबाट भट्टराई ११० मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत प्राप्त गरे ।
समितिको उपाध्यक्षमा जीवन बस्नेत निर्विरोध निर्वाचित भएका छन् । समितिको महासचिवमा कमलकुमार बस्नेत १३९ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत प्राप्त गरे ।
यसैगरी, कोषाध्यक्षमा केशु लामिछाने निर्वाचित भएका छन् । सचिवमा शङ्कर पण्डित निर्विरोध निर्वाचित भएका छन् । समिति सदस्यमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा र सीमा तामाङ निर्वाचित भएका छन् ।








प्रतिक्रिया