२१ असार २०८३, आइतबार

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, २१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको हो ।

अमेरिकाले अर्को वर्ष मियामी नजिकै रहेको आफ्नो गल्फ क्लब ट्रम्प नेसनल डोरलमा जी–२० को आयोजना गर्ने पनि उनले बताए । “यो विमानस्थलको ठीक छेउमा छ । यो सबैभन्दा राम्रो स्थान हो । यो सुन्दर छ,” उनले ओभल अफिसमा पत्रकारहरूसँग भने ।

राष्ट्रपति ट्रम्पले भने, “उहाँको पारिवारिक व्यवसायलाई सम्मेलनबाट कुनै आम्दानी हुने छैन । कार्यक्रमका लागि कुनै शुल्क लिइने छैन ।”

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि जी–७ शिखर सम्मेलनका लागि आफ्नो डोरल रिसोर्टलाई आयोजना स्थलका रुपमा प्रयोग गर्ने योजना सार्वजनिक गरेका थिए तर यसले उनको परिवार र व्यवसायलाई आर्थिक लाभ दिने र यो अमेरिकी संविधान विपरित हुने दोहोरो आरोपपछि उक्त स्थान जी–७ शिखर सम्मेलनका लागि प्रयोग गर्ने योजनालाई राष्ट्रपति ट्रम्पले त्यागेका थिए । एएफपी