२० असार २०८३, शनिबार

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सको लगातार दोश्रो जीत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौ, २१ भदौ । पोखरामा चलिरहेको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले लगातार दुई खेलमा जितेको छ । पोखराको बहुउद्देश्यीय कभर्डहलमा भएको आफ्नो दोस्रो खेलमा ललितपुरले काठमाण्डौ स्पाइकर्सलाई ३–० को सोझो सेटमा हरायो ।

ललितपुरले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२१ ले जित्यो । ललितपुरले हिजो मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा हराएको थियो ।

यस्तै अहिले कर्णाली यशविस र लुम्बिनी लाभासको खेल चलिरहेको छ भने बेलुकी ५ बजे पोखरा निन्जाज र मधेश युनाइटेड खेल्दैछन् । प्रतियोगितामा छ वटा टोली रहेका छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुनेछ ।