
काठमाडौँ, २१ भदौ । साझा यातायातका चालक तथा सहचालकलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम दिइएको छ । दैनिक यातायात सन्चालनको क्रममा आकास्मिकरुपमा आइपर्ने दुर्घटना÷चोटपटकको क्रममा घाइतेहरुलाई कस्तो खालको प्राथामिक उपचार गर्ने र कस्ता सावधानी अपनाउने बारे ट्रमा लाइफ सपोर्ट तालिम दिइएको हो ।
कुपन्डोलमा स्थित आरुस लाइफस्टाइलले न्याय हेल्थ नेपालसँगको सहकार्यमा साझायातायतमा कार्यरत करिब ६० जना चालक र सह–चालकलाई अस्पतालका वरिष्ठ अर्थोपेडिक चिकित्सकहरु डा भास्कर राज पन्त, डा सन्दीप भण्डारी र डा गौरव वीर बज्राचार्यले सवारी साधन चलाउदा हुने सम्भावित चोटपटकको प्रकार र त्यस्तो बेला गर्नु पर्ने प्राथामिक उपचारको बारेमा जानकारी गराएका थिए ।
अस्पतालका सिइओ तथा मधुमेह रोग विशेषज्ञ डा सन्तोष शाक्यले निजि तथा सार्वजनिक सवारी सन्चालनको समयमा हुने चोटपटक मात्रै नभएर आजभोली धेरैलाई मधुमेह हुने र त्यस्ता बिरामीहरुलाई सार्वजनिक यातायातमा हिड्ने बेलामा आकास्मिकरुपम देखिने स्वास्थ्य समस्या र त्यस्तो बेलामा कस्ता प्रथामिक उपचार गर्न सकिन्छ भन्ने बारेमा समेत जानकारी गराएका थिए ।
डा शाक्यले त्यस अवसरमा भनेका थिए ‘ सवारी दुर्घटना पछि हुने चोटपटक मात्रै होइन सार्वजनिक रुपमा हिड्दा मधुमेहका बिरामीमा हुने आकास्मिक रुपम निम्तने स्वास्थ्य जटिलताका बारेमा पनि जानकारी लिन आवश्यक छ किन भने मधुमेहका बिरामीमा कहिलेकाँही गुल्कोज एक्कासी कम भएर विहोस् समेत हुन गरेको पाइन्छ’।
सवारी दुर्घटनाबाट हुने मृत्यु न्यूनीकरण गर्न र समयमै उपचारको सुरुवात गर्न मद्दत गर्ने उद्देश्यले यो तालिमको सुरु गरिएको समेत उनले बताए ।
कार्यक्रममा प्रशिक्षकहरूले दुर्घटनापछि जीवन बचाउन अत्यन्तै महत्वपूर्ण मानिने ‘गोल्डेन पिरियड’ दुर्घटनापछि पहिलो घण्टाको महत्वबारे विस्तृत जानकारी गराउँदै सो अवधिमा गरिएको प्राथमिक उपचारले धेरै जीवन बचाउन सकिने तथ्य प्रस्तुत गरेका थिए ।









प्रतिक्रिया