३० असार २०८३, मंगलबार

एमाले विधान महाधिवेशन : समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा सचिव भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोदावरी ललितपुर, २१ भदौ । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय लेखन समिति घोषणा गरेका छन् ।

समितिको सदस्यहरुमा पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल रहेका छन् ।

समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजिविकाको चासोबारे महाधिवेशनको धारण तय गर्ने संयोजक सचिव भट्टराईले बताए ।

प्रस्ताव तयारीका लागि समितिको बैठक केहीबेरमा बस्ने भट्टराईले बताए ।