३१ आश्विन २०८३, शनिबार

एमालेमा ६ लाख ६२ हजारभन्दा बढी सदस्य, सबैभन्दा धेरै मधेश प्रदेशमा

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । नेकपा (एमाले) ले देशभर मिलाएर आफ्ना कुल सदस्य संख्या ६ लाख ६२ हजार ९६१ पुगेको जनाएको छ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमार्फत यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार प्रदेशगत सदस्यतामा सबैभन्दा धेरै मधेश प्रदेशमा १ लाख ५६ हजार ४१ सदस्य रहेका छन्। त्यस्तै कोशी प्रदेशमा १ लाख १४ हजार ७१०, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७ र सुदूरपश्चिममा ६३ हजार ११० सदस्य रहेको उल्लेख छ।

प्रदेशबाहिर उपत्यका विशेष प्रदेशमा ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, अन्य मुलुकका प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।

एमालेले प्रस्तुत गरेको यस तथ्याङ्क पार्टीको सांगठानिक शक्ति र देश–विदेशमा रहेको संरचनाको संकेत गर्नेगरी महत्वपूर्ण मानिएको छ।