
काठमाडौं, २० भदौ । साविक विजेता कर्णाली यश्विजले एभरेष्ट भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । पोखराको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा कर्णालीले पोखरा निन्जाजलाई ३–० ले सोझो सेटमा पराजित गर्यो ।
पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो। कर्णालीलाई पनि सेट हुन समय लाग्यो । जहाँ २५–२१ ले पहिलो सेट जित्दै १–० को अग्रता बनायो । दोस्रो सेटमा खेलमा फर्कने दबाबमा रहेको पोखरा खरलमा जम्न सकेन । उसका दुई विदेशी खेलाडीको प्रदर्शन पनि उत्साहजनक रहन सकेन ।
खेलमा पछि परिरहँदा मार्की खेलाडी प्रगति नाथ घाइते हुँदा पोखरा थप दबाबमा आयो । यो सेट सहजै कर्णालीले २५–२० ले जित्दै कर्णालीले अग्रता २–० को बनायो ।
तेस्रो सेटमा पोखरा झनै निरिह बन्यो । प्रगति कोर्टमा फर्किन् । तर पनि पोखरा खेलमा फर्कन सकेन । सहजै कर्णालीले २५–१४ ले तेस्रो सेट आफ्नो पक्षमा पार्यो । यो सँगै सोझो सेटको जितमा कर्णालीले ३ अंक सहित सानदार सुरुवात गरेको छ ।








प्रतिक्रिया