काठमाडौं, २० भदौ । सरकारले गरेको नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयविरूद्व रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिट दर्ता प्रक्रियामा छ ।
सरकारले हिजोदेखि नेपालमा दर्ता नभएका फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्राम लगायत २६ वटा एपमा प्रतिबन्ध लगाएको छ ।















प्रतिक्रिया