सिन्धुली, २० भदौ । सिन्धुलीमा ट्रकले ठक्कर दिँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका-९ बथानचौडी नजिकै मदनभण्डारी राजमार्गमा विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा पैदल हिँडिरहेका सोही ठाउँमा ४६ वर्षीय भुवन भुजेलको मृत्यु भएको हो।
ठक्करबाट सोही ठाउँका ६४ वर्षीय टेकप्रसाद दाहाल गम्भीर घाइते भएका छन्। अनियन्त्रित भएको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएर सडक किनारामा पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ ।










प्रतिक्रिया